पप्पु कन्स्ट्रक्सनका हरिनारायण साह विरुद्ध भ्रष्टचार मुद्दा, सांसादवाट निलम्बित

शुक्रबार, अशोज १९, २०७५ | ०५:३३:१५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

pappuकाठमाडौं, असोज १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बित भएको छ ।

गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

सडकका तीन जना हाकिमविरुद्ध पनि मुद्दा

अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालिन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख, १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपैयाँ विगो माग गरिएको छ ।

भ्रष्टाचार मुद्दा लागेका तत्कालिन डिभिजन प्रमुखहरु हाल सरकारी सेवामा नै रहेका छन् । भानु जोशी डिभिजन सडक कार्यायल दमौलीका प्रमुख, मनोज श्रेष्ठ प्रदेश ५ का सचिव रहेका विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।

प्रतिकृया