बाहिरी चक्रपथ बनाउन जग्गा खरिद विक्रिमा रोक लगाउने तयारी

आइतवार, अशोज २१, २०७५ | ०६:०१:४७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

outer ring roadकाठमाडौं, असोज २१ : सरकारले तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ लाई दिने गृहकार्य थालेको छ ।

यससँगै शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न र बेचविखनसमेत गर्न नदिने तयारी थालेको छ ।
काठमाडौं, ललितपुुर र भक्तपुर तीनै जिल्लालाई जोड्ने ७२ किलोमिटर लामो बाहिरी चक्रपथ देशको राजधानीको मुहारको फेर्ने आयोजना हो ।

चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ ले निःशुल्क डीपीआरसहित बाहिरी चक्रपथको रेखांकन, निर्माण र आर्थिक स्रोत जुटाउने आशय व्यक्त गरेपछि सपनाका रुपमा रहेको बाहिरी चक्रपथ निर्माण अघि बढ्ने आशा जागेको सरकारी दाबी छ ।

चिनियाँ कम्पनी चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई बाहिरी चक्रपथको डीपीआर तयार पार्ने जिम्मा दिने गृहकार्य सरकारले अघि बढाएको छ । यसअघि नै डीपीआर बनाउने जिम्मा पाएको सो कम्पनीको आशयपत्र शहरी विकास मन्त्रालय हुँदै अहिले अर्थ मन्त्रालयमा पुगेको छ । सम्भवतः अर्को मन्त्रिपरिषद बैठकमा सो प्रस्ताव जानेछ ।

सरकारले तत्कालै बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र जग्गा अधिग्रहणको काम अघि नबढाउने हो भने यो परियोजना कहिल्यै बन्न नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

सरकारले पटक(पटक बाहिरी चक्रपथ बन्ने ठाउँको जग्गा अधिग्रहण गर्न प्रक्रिया अघि बढाए पनि यसले अहिलेसम्म पूर्णता पाएको छैन । जग्गा अधिग्रहणका लागि यसअघि नै सरकारले स्वीकृति दिए पनि काम अघि बढेको छैन ।

दश वर्षअघि बाहिरी चक्रपथ निर्माणको लागत २४ अर्ब अनुमान गरिएको थियो । तर, जग्गा अधिग्रहण र डीपीआर लगायतको काम अघि नबढाइएकाले ०७४ सालमा आइपुग्दा बाहिरी चक्रपथको लागत ७२ अर्ब अनुमान गरिएको थियो । अब यसै वर्षबाट चक्रपथ निर्माण थाल्दा ८५ अर्ब अनुमानित लागतमा बाहिरी चक्रपथ बन्ने अनुमान गरिएको छ ।

चक्रपथमा पर्ने जग्गा रोक्का गरेर आठ आनाभन्दा कममा टुक्रा गर्न नपाइने र बिक्रीवितरण पनि नहुने गरी रोक्का गर्ने तयारी सहरी विकास मन्त्रालयको छ । अहिलेको तुलनामा बाहिरी चक्रपथ निर्माणपछि सो जग्गाको मूल्य १० गुणा बढ्नेछ ।

प्रतिकृया