सिके राउत रौतहटबाट पक्राऊ

आइतवार, अशोज २१, २०७५ | ०६:०४:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ck routरौतहत, असोज २१ : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा। सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए ।
जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।

राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया