अफ्रिकी मुलुक रुवान्डाको संसदमा दुई तिहाई महिला

सोमवार, कार्तिक २६, २०७५ | ०६:४६:३८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

roundaकाठमाडौं, कात्तिक २६ : पूर्वीअफ्रिकी मुलुक रूवान्डाको तल्लो सदनमा दुई तिहाई महिला सांसद पुगेका छन्।

यसअघि ६४ प्रतिशत महिला रहेको रूवान्डाले आफ्नै रेकर्ड तोड्दै विश्वमै सबैभन्दा बढी महिला भएको संसद बनाएको हो।
रूवान्डाको तल्लो सदनमा ८० सिट छन्। गत साता तीन वटा क्षेत्रको निर्वाचन परिमाण सार्वजनिक भएसँगै महिला सांसदको संख्या ५४ पुगेको छ। यो कुल संख्याको ६७।५ प्रतिशत हो।

रूवान्डाको संसदमा ३० प्रतिशत महिला सिट आरक्षित छ।

प्रतिकृया