नेपालका ठूला लगानीमा भएको खर्च निराशाजनक : एडिवि

शुक्रबार, मंसिर ७, २०७५ | १२:०८:३२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ADBकाठमाडौं, मंसिर ७ : नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक ९एडिबी०ले आफूले लगानी गरेका आयोजनाको कार्यान्वयन सन्तोषजनक भए पनि केही आयोजनामा निराशाजनक भएको बताएको छ।

काठमाडौंमा शुक्रबार भएको त्रिपक्षीय पोर्टफोलियो रिभ्यू मिटिङमा बोल्दै एडिबीका उपमहानिर्देशक दिनेश शरणले सरसफाइ र उड्डयन क्षेत्रका आयोजनाको कार्यान्वयन अपेक्षित नभएको बताए। उनले अहिले २ अर्ब ८० करोड अमेरिकी डलरका ३६ परियोजनामा काम भइरहेकोमा केही ठूला परियोजनाको खर्च निराशाजनक भएको बताए।

पछिल्लो समय भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक रूपले बढे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता विस्तार परियोजना अनपेक्षित रूपमा ढिला भएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजनाको ठेक्का रद्द भएको ३ वर्ष पुग्न लाग्दासमेत नयाँ प्रक्रियाबाट काम सुरू हुन सकेको छैन।

एडिबीले नेपालमा हुने खर्चको आधारमा लगानी बढाउँदै जाने प्रतिवद्धता जनाएको छ। नेपालको विकास र समृद्धिमा बैंक लगानी गर्न सदैव तयार रहेको बताएको छ।

तर बैंकले लगानी गरेका अधिकांश आयोजनामा ढिलाइ भएको छ। लक्ष्यअनुसार खर्च र ठेक्का लगाउने काम नभएको बैंकले जानकारी दिएको छ। बैंकले सन् २०१८ मा कूल ३३ करोड ८० लाख अमेरिकी डलर खर्च गर्ने लक्ष्य पाएको थियो। जसमा हालसम्म १८ अर्बमात्र खर्च भएको छ। त्यस्तै ४४ करोड डलरको ठेक्का लगाउने लक्ष्य लिएकोमा ४८ प्रतिशतमा मात्र ठेक्का प्रक्रिया सकिएको छ।

एकातिर सरकारले दातृ निकायबाट नेपालमा लागनीको आकार बढाउन आग्रह गर्दै आएको छ। अर्कोतिर दिइएको सहायता खर्च नहुने समस्याले ग्रसित छ। खर्च गर्न सके अहिलेकै उपलब्ध सहायता पर्याप्त भएको अधिकारीहरूको भनाइ छ।

प्रतिकृया