चैत दोस्रो साता लगानी सम्मेलन हुने

सोमवार, मंसिर १०, २०७५ | १२:१३:५६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

inकाठमाडौं, मंसिर १० : सरकारले आउने चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ।

लगानी बोर्डको आइतबार साँझ बसेको बैठकले चैत दोस्रो साता दुई दिने लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

लगानी सम्मेलनबारे तयारी गर्न अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा एक समिति पनि बनाइएको छ।

‘लगानीसँग सम्बन्धित नीतिहरूमा हामीले धेरै सुधार गरेका छौं, हाम्रा लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई त्यसबारे जानकारी दिन सम्मेलन हुन लागेको हो,’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भने।

प्रतिकृया