ईन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा भट्ट निर्वाचित

बिहिबार, मंसिर १३, २०७५ | १२:४२:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bhकाठमाडौं, मंसिर १३ : ईन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईएसपिएएनको अध्यक्षमा भोजराज भट्ट निर्वाचित भएका छन् ।

नेटम्याक्स टेक्नोलोजिज् प्रालिका प्रवन्ध निर्देशन भट्ट गत मंसिर ९ गते बसेको सारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा विनय मोहोन साउद र प्रमेस खरेल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा मधुकुमार अमात्य, कोषध्यक्षमा पुष्करसिह बडाल र सचिवमा लक्ष्मण यादव निर्वाचित भएका छन् । त्यसैगरी सदस्य तथा वरिष्ठ सल्लाहकारमा विनय बोहोरा र विजय जलान र सदस्यहरुमा विनोद तिमिल्सीना, कमल बास्तोला र नविन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाले नेपाल सरकारका विभिन्न निकायहरु र नेपाल दूर संचार प्राधिकरणको नियमनमा रही आफ्ना सदस्य सेवा प्रदायकहरुको हकहितको लागि काम गर्दै आएको छ ।
नेपालमा इन्टरनेट सेवाको गुणस्तर र विस्तारको लागि नेपाल सरकारसँगको सहकार्यमा काम गर्दै आएको छ । ISPAN press release

प्रतिकृया