कांग्रेसमा विजय गच्छदारलाई २ सय महासमिति

शनिबार, मंसिर २९, २०७५ | ११:३६:०५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bijaya kumarकाठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसले तत्कालन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाएका उपसभापति विजयकुमार गच्छदारलाई २०० महासमिति सदस्य दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले गच्छदारलाई २ सय महासमिति सदस्य र १ सय ५० पर्यवेक्षक दिने निर्णय गरेको हो ।

गच्छदारले आम चुनावको पूर्वसंख्यामा पार्टी कांग्रेसमा विलय गराएका थिए । त्यसबेलाको सहमति अनुसार उनी उपसभापति भएपनि अरु नेताहरुलाई कांग्रेसले जिम्मेवारी लिएको छैन ।

प्रतिकृया