उपसचिव संजेलले भने, ‘भ्रष्टचार गर्न नमानेर मलाई सरुवा गरियो’

मङ्लबार, पुस १०, २०७५ | ११:३८:०३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

sanjelकाठमाडौं, पुस ९ : ओली सरकारलाई बिराटनगरबाट एकजना उपसचिवले कडा चुनौती दिएका छन् । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका ती उपसचिवले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई हाँक दिएका हुन् । उपसचिवले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए ।

‘नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस्, जसले प्रेम सञ्जेललाई घुस खुवाएँ भन्न सकोस्,’ आक्रोशित हुँदै ती उपसचिवले भने, ‘कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित ?’
उपसचिव प्रेम सञ्जेल यत्तिमै रोकिएनन् । थपे– ‘मैले यहाँ लल्कारेर भन्छु, रंगशालामा आउनुस् । प्रेम सञ्जेललाई ४० वर्षको अवधिमा कहाँकहाँ म्यानुपुलेट गरियो रु कहाँ घुस खुवाइयो रु’

सञ्जेल गत असोज २५ गतेसम्म निर्वाचन कार्यालय मोरङमा कार्यरत थिए । असोज २५ गते उनी निर्वाचन कार्यालयबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भए ।

श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले शुक्रबार सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।

प्रतिकृया