एक महिनामा २ अर्ब रकमान्तर, एसिया प्यासिफिका सम्मेलनलाई मात्रै तीन करोड

मङ्लबार, पुस १०, २०७५ | ११:४५:५५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ministry fo financeकाठमाडौं, पुस ९ : सरकारले मंसिर महिनामा मात्र २ अर्ब २८ करोड रुपैयाँ रकमान्तर गरेको छ। विनियोजन भएको शिर्षकमै खर्च गर्न नसकीरहेको बेला नयाँ शिर्षकमा बजेट थप गरिएको छ।

विनियोजन गरिएको बजेट अपुग भएमा खर्च नभएर रहेको शिर्षकबाट बजेट सार्नको लागि सम्बन्धित मन्त्रालय आफैले गर्नसक्नेगरी अर्थ मन्त्रालयले निर्णय गरिदिए पनि रकमान्तरका लागि अर्थमै पुग्ने चलन रोकिएको छैन।

बजेटपछि थप गरिएको वा सिर्जना भएको अवस्था वा विनियोजन बजेटले अपुग भएपछि रकमान्तर गर्ने गरिन्छ। सरकारले विकास निर्माणका लागिमात्र रकामन्तर गर्न सकिने भनिएपनि सभा समारोहका लागि पनि रकमान्तर गरिएको छ।

सरकारले मंसिरमा मात्र एसिया प्यासिफिक समिटका लागि सुरक्षा तथा जनशक्ती व्यवस्थापनका लागि विभिन्न निकायका लागि रकमान्तर गरेको हो।

जसमा गृह मन्त्रालयलाई ४५ लाख, प्रहरी प्रधान कार्यालयलाई १ करोड ६ लाख र सशस्त्र प्रहरी बलका लागि ६५ लाख रकमान्तर गरेको छ। त्यस्तै राष्ट्रिय अनुसन्धानलाई १२ लाख दिइएको छ।

सरकारले यही बीचमा रणनीतिक सडक सुधार आयोजनाका लागि २ अर्ब रकमान्तर गरी निकासा दिएको छ। संघीय सरकारले यहीबीचमा सातै प्रदेशमा पोखरी निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ रकमान्तर निकासा दिएको छ।

मंसिरमा मात्र सरकारले विभिन्न भ्रमणको व्यवस्थापनका लागि भन्दै ३ करोड १७ लाख रुपैयाँ निकासा दिएको छ।

प्रतिकृया