फिलिपिन्समा भुकम्प, सुनामीको खतरा

शनिबार, पुस १४, २०७५ | ०३:५०:५९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

philippens earthquakeकाठमाडौं, पुस १४ : फिलिपिन्समा ६।९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६।९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

फिलिपिन्स भूकम्पीय जोखिममा रहेका देशहरुको अग्रपंक्तिमा पर्छ । सन् २०१७ को जुलाईमा पनि यहाँ ६।९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिकृया