निर्मलालाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन

शनिबार, पुस १४, २०७५ | ०३:५५:०५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

nirmala pकाठमाडौं, पुस १४ : कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार/हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।

निर्मलाको हत्या भएको पाँच महिना हुँदा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै हत्यारा पत्ता लगाइ कारबाही गर्न प्रर्दशन गरेको हो।

‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं, न्यायको खोजीमा निर्मलाहरु’ लेखिएको व्यानर लिएर प्रर्दशन गरेको हो। विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले सरकारले घटनालाई टालटुल र थामथुम पार्न खोजेको आरोप लगाइन्।

‘कञ्चनपुर घटनालाई कसरी सेलाउन दिने र थामथुम पार्ने भन्नेमा प्रहरी प्रशासन नै लागिपरेको छ,’ उनले भनिन्, ‘निर्दोषलाई जवर्जस्ती यातना दिइएको छ, यो गलत हो।’

प्रतिकृया