अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश २ बाट २२ लाख रकम संकलन

शनिबार, फाल्गुन १८, २०७५ | ०९:४०:४९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

महोत्तरी । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा २२ लाख ४० हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा यो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले संकलन गरिएको २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया