आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

बिहिबार, फाल्गुन २३, २०७५ | ११:४७:२६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकेको छ ।

हिजो खरिददर ११२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०९ पैसा रहेको थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो। आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो । यस्तै आज बिहिबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

हिजो खरिददर ३६९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८८ पैसा तोकिएको थियो । बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २९९ रुपैयाँ ०९ पैसा छ । बुधबार खरिददर २९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९९ रुपैयाँ ९७ पैसा थियो । बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको छ । बुधबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको थियो ।

प्रतिकृया