१३ वर्षीय बालकद्वारा १० वर्षीया बालिका बलात्कार

आइतवार, फाल्गुन २६, २०७५ | ११:१७:१९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । दाङ्गमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका–१० चारबगियाका १३ वर्षीय बालक जिज्ञासु (नाम परिवर्तन) स्थानिय १० वर्षीया बालिका अबोध (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ गरी अनुसान्धान अगाडी बढाइएको डिएसपी घर्ती मगरले जानकारी दिए ।

प्रतिकृया