सिके राउतलाई प्रहरीले सुरक्षा दिने

आइतवार, फाल्गुन २६, २०७५ | ११:२०:४१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । मूलधारको राजनीति गर्ने सहमति गरेका सिके राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरेको छ ।

२४ गते सरकारसँग ११ बुँदे सहमति गरेका राउतलाई त्यसपछि प्रहरीले सुरक्षा दिइरहेको छ। राष्ट्रिय सभागृहमा आउँदा राउतको सुरक्षामा नेपाल प्रहरीका नायब निरीक्षक खटिएका थिए ।

त्यसपछि उनको सुरक्षामा स्थानीय प्रहरी खटिएको र राउतलाई अंगरक्षक दिनेबारे भने निर्णय नभएको प्रहरीले जनायो । अलग मधेस देश बनाउने भन्दै ६ वर्षअघि राउतले स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए ।

प्रतिकृया