आजको सुनचाँदीको भाउ कसको कति ?

सोमवार, फाल्गुन २७, २०७५ | ११:०२:३५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा रु ७४५ मा कारोबार भइरहेको छ ।

आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया