इथियोपियन विमान दुर्घटनामा एक नेपालीको निधन भएको पुष्टि

सोमवार, फाल्गुन २७, २०७५ | ११:०४:३८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । इथियोपियान विमान दुर्घटनामा निधन हुने नेपाली एकता अधिकारी भएको पुष्टी भएको छ । स्थायी घर गोरखा भएकी अधिकारी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) इथियोपियामा कार्यरत रहेको बताइएको छ।

अधिकारीको मृत्यु भएको पुष्टि डब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले पनि गरेका छन् । उनले दुर्घटनाको जानकारी परिवारका सदस्यलाई गराइसकेको पनि बताए ।

अधिकारीको मृत्यु भएका बारेमा कायरोस्थित नेपाली दुतावासलाई पनि खवर भैसकेको परराष्ट मन्त्रालयले जनाएको छ । इथियोपियाको अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र चालकदलका ८ सदस्य लिएर उडेको विमान हिजो विहान दुर्घटना भएको थियो ।

दुर्घटनामा सवार सबैको निधन भएको थियो ।

प्रतिकृया