सिके राउतसँग तुलना गरेकोप्रति ओलीसँग दाहाल असन्तुष्ट

सोमवार, फाल्गुन २७, २०७५ | ०४:५६:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग तुलना गरेको प्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

पोखरामा आज पत्रकारसँगको कुराकानीमा उनले ुसबै तुलनाहरु लंगडा हुनेु भन्दै प्रधानमन्त्री ओलीले आफ्नो तुलना सिके राउतसँग नगरेको भए पनि राम्रो हुने बताएका हुन् । राउतसँगको तुलना योजनाबद्ध, सोचेर वा बनाएर नबोलेको प्रचण्डको भनाइ थियो । प्रधानमन्त्री ओलीले यसअघि पनि तराईमा बोल्दा आफूलाई असाधारण निर्णय क्षमता भएको व्यक्तिको रुपमा चित्रण गरेको दाहालले स्मरण पनि गरे ।

सरकार र राउतबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत पनि प्रचण्ड जत्तिकै असाधारण र क्षमतावान् व्यक्ति रहेको भन्दै तुलना गरेका थिए । तराईमा पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँगको सम्झौतालाई लिएर मिडियामा भएको चर्चा परिचर्चा जस्तो अहिलेको स्थिति नभएको पनि दाहालको भनाइ छ ।

सरकारले राउतसँग गरेको सहमति र त्यसको उद्देश्यमाथि शंका गर्न आवश्यक नभएको भन्दै उनले आउँदा दिनमा सरकारले गरेको सहमतिविपरीत गयो भने के गर्ने, निर्णय गर्ने अधिकार पनि सरकारसँग सुरक्षित रहेको बताए।

प्रतिकृया