जानी नजानीको गीतमा मनिष र निरिसाको यस्तो रोमान्स (भिडियो)

मङ्लबार, फाल्गुन २८, २०७५ | १०:५०:३० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । फिल्म ‘जानी नजानी’ शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ र निरिसा बस्नेतको प्रेमभाव प्रस्तुत गरिएको छ।

गीतमा मोदनाथ खनालको शब्द, अर्जुन पोखरेलको संगीत तथा अन्जु पन्त र प्रताप दासको स्वर रहेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनल गीत सार्वजनिक गरिएको निर्माण युनिटले जानकारी गराएको छ।

फिल्म आउँदो शुक्रबार प्रदर्शनमा आउनेछ। सामाजिक कथावस्तुसँगै नेपाली उत्पादन ‘ढाका’ व्यवसाय र त्यसको प्रवर्द्धनको विषय फिल्ममा समेटिएको छ। वसन्त अधिकारीले फिल्मको निर्देशन गरेका हुन्।

प्रतिकृया