राप्रपा अध्यक्ष कमल थापाले गरे सीके राउतलाई कारबाहीको माग

मङ्लबार, फाल्गुन २८, २०७५ | ०१:४५:०९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन् ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताए ।

सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको उनको भनाई छ । सीके राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको अध्यक्ष थापाको दावी छ ।

वाइडबडी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी दुबैको संलग्नता रहेको पनि उनको आरोप छ ।

प्रतिकृया