बम पड्काउनेहरुसँग वार्ता हुदैन्, नियन्त्रणमा लिइन्छ : प्रधानमन्त्री ओली

मङ्लबार, फाल्गुन २८, २०७५ | ०३:२०:११ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन ।

‘कतिपयले वार्ता गर्नुपयो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के–को वार्ता ?

उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’ प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको समेत बताए । प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया