विप्लवका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

बुधबार, फाल्गुन २९, २०७५ | १०:३८:३३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनीहरूलाई हामीले वार्तामा बोलायौं, तर उनीहरूले झमेला झिक्नुभयो, बम पड्काउन थाल्नुभो, उनले भने, ‘यसको निकास अरू के हुन सक्थ्यो र ? त्यही भएर प्रतिबन्ध लगाउने निर्णय गरेका हौं।’ विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकारले कडा नीति लिएको हो।

पछिल्लो समय विप्लव माओवादीले अधिकांश ठूला कर्पोरेट हाउस तथा सञ्चार गृहहरूमा चन्दा माग्दै धम्की दिन थालेको थियो। केही व्यक्तिलाई भौतिक कारबाही गर्ने सूचीमा राखेकोसमेत फेला परेको स्रोत बताउँछ। सरकारले विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउन छुट्टै कानुन वा विधेयक भने ल्याएको छैन।

अहिलेलाई राजनीतिक रूपले मात्र प्रतिवाद गर्न खोजेको उनले बताए। विप्लव समूहले केही दिनअघि ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो।

प्रतिकृया