वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ जना पक्राउ

बुधबार, फाल्गुन २९, २०७५ | १०:४०:२४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ । घटना विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।

प्रतिकृया