वैशाख २७ मा ‘जात्रै जात्रा’

बुधबार, फाल्गुन २९, २०७५ | ११:३१:१७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ वैशाख २७ गते प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘जात्रा’को सिक्वेलका रुपमा निर्माण भएको चलचित्र ‘जात्रै जात्रा’का मुख्य पात्र विपिन कार्की मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि छायांकन प्रभावित भएको थियो ।

विपिन घाइते भएपछि चलचित्र पूर्व निर्धारित मितिमा रिलिज हुन सकेन । चलचित्र ‘जात्रै जात्रा’मा विपिनसँगै रविन्द्र सिंह वानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिकृया