विप्लवको नेपाल बन्दः काठमाडौं केहि शान्त, विभिन्न जिल्लामा बम आतंक र आगजनी

बिहिबार, फाल्गुन ३०, २०७५ | ०३:४६:१३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभन्न स्थानमा बम आतंकसँगै आगजनीका घट्ना भएका छन् ।

विप्लवका कार्यकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगायतका जिल्लामा ट्रक, बस र ट्याक्टरमा आगजनी गरेका हुन् । नेपाल प्रहरीका अनुसार कैलालीमा एउटा बसमा आगजनी र एउटा ट्रक तोडफोड भएको छ भने नवलपरासी र मकवानपुरमा ट्रक तोडफोड भएको छ ।

त्यस्तै रौतहट, नवलपरासी, पोखरामा शंकास्पद बस्तु भेटिएपनि कुनै मानविय क्षती भएको छैन । प्रहरीले वुटवल, दाङ, सिन्धुपाल्चोक र बाँकेको नेपालगञ्जमा भेटिएका शंकास्पद बस्तु निश्कृय बनाएको जनाएको छ । कैलालीमा विवाहका जन्ती बोकेको बसमा समेत आगजनी भएको छ ।

म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । त्यस्तै कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

त्यस्तै नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकाममा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । उता, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति नै एक ट्रकमाथि आगजनी गरिएको छ । त्यसैगरी देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु पनि भेटिएका छन् ।

जसले गर्दा सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार बुटवल, प्युठान, वाजुरा, कपिलबस्तु, गोरखा, रुकुमा लगायतका जिल्लामा बम तथा शंकास्पद बस्तु भेटिएका छन् । बुटवलमा हाते बम, प्युठानमा नगरपालिका र गोरखामा बम भेटिएको छ भने बाजुराका २ स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ । यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

प्रतिकृया