प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र : दाहाल

बिहिबार, फाल्गुन ३०, २०७५ | ०३:५३:५६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टीको समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले विप्लवको पार्टीलाई हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार रहेको हेक्का राख्न सुझाव पनि दिएका हुन् ।

उनले प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र बताए । ‘त्यो भ्रमले कहिँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

सोही कार्यक्रमा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको बताएका छन् ।

प्रतिकृया