परिवारसहित प्रधानमन्त्री ओलीले हेरे ‘क्याप्टेन’

बिहिबार, चैत्र ७, २०७५ | १०:४२:५० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका छन्।

प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ फिल्म हेर्न गएका हुन् ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए।

चलचित्र क्याप्टेनमा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।

प्रतिकृया