चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई

शुक्रबार, चैत्र ८, २०७५ | ११:३२:१८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा केशव भट्टराई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष पद निकिता पौडेलले राजिनामा दिएपछि रिक्त थियो । कलाकार तथा चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका भट्टराईले मन्त्रालयले पत्र लेखेपछि हाजिरी गर्न सुरु गर्ने कार्यसम्पादन सम्हाल्ने छन् ।

आफ्नो कार्यकाल भरी चलचित्र उद्योगको विकासमा लागि पर्ने र केही दिनमै आफ्ना महत्वपूर्ण भावी योजना सार्वजनिक गर्ने उनले जानकारी दिए । अध्यक्षका लागि अन्य केही चलचित्रकर्मीको नाम समेत चर्चामा रहेको थियो ।

प्रतिकृया