युवायुवतीको कोरिया मोह, पहिलो दिनमै ५५ हजार आवेदन दर्ता

शनिबार, चैत्र ९, २०७५ | ११:२९:०३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् ।

ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए ।

ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए ।

प्रतिकृया