स्कुल ड्रेसमा कार चढेर परीक्षा दिन केन्द्रमा नायिका मानन्धर पुगेपछि …

आइतवार, चैत्र १०, २०७५ | १०:१३:२२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । आजदेखि सुरु भएको एसईईमा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छिन् । करिश्माले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मा. वि. परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिएकी हुन् । 3

अभिनेत्री करिश्मा मैतीदेवीस्थित त्रिवेणी माविकी विद्यार्थी हुन् । उनी विद्यालय पोशाकमा आइतबार बिहान परीक्षा केन्द्र विजय स्मारक स्कुल पुग्दा उनको तस्बिर लिन र उनीसँग कुरा गर्न सञ्चारकर्मीहरूको भीड लागेको थियो। उनलाई हेरेर अनौठो मान्नेहरु पनि त्यत्तिकै थिए । 2

आफैं सवारी कार चलाएर एक सहयोगीकासाथ करिश्मा परीक्षा दिन आएकी थिइन् । एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् ।

प्रतिकृया