नेपाल र जापानबीच कामदार लैजाने समझदारी हुँदै

सोमवार, चैत्र ११, २०७५ | १२:३८:२३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाली कामदारलाई जापान लैजानेसम्बन्धी दुई देशबीच आज श्रम समझदारी हुँदै छ। आज हुन लागेको श्रमसमझदारीलाई ‘सहाकार्य गर्ने समझदारी’ भनिएको छ ।

यसका लागि दिउसो १२ः३० बजे ललितपुरको होटल हिमालयनमा कार्यक्रम राखिएको छ। त्यही कार्यक्रममा दुवै देशका अधिकारीहरू समझदारीमा हस्ताक्षर गर्ने छन्।

यो समझदारीपछि जापानले नेपाली कामदारलाई श्रम भिसामा लैजाने छ । अहिलेसम्म श्रम भिसामा लग्ने गरेको थिएन् । नेपाली विद्यार्थी अध्ययन भिसामा जापान जाने गरेका थिए। यो समझदारीअनुसार, जापानले अप्रिल १ देखि नेपाली कामदार लैजाने जनाएको छ । तेस्रो पक्षबिना नै नेपाली कामदार सिधै जापान जान पाउने छन्।

यसका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत छुट्टै शाखा स्थापना गर्नेछ । त्यो शाखाले जापानले माग गरेअनुसारका कामदार पठाउने जनाएको छ। अहिले दक्षिण कोरिया र इजरायलमा सरकारी स्तरबाटै कामदार पठाउने गरिएको छ । जापानले पनि दक्ष र अदक्ष कामदार लैजाने जाइएको छ ।

पाँच वर्षभित्र तीन लाख ४२ हजार दक्ष तथा अदक्ष कामदार भित्र्याउने जापानको लक्ष्य छ । त्यही अनुसार, नेपालबाट पनि कामदार जान पाउने छन्।

प्रतिकृया