कांग्रेस नेता सिटौला डिस्चार्ज

मङ्लबार, चैत्र १२, २०७५ | ११:०३:४९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।

प्रतिकृया