सुदूरपश्चिमका केहि जिल्लामा भूकम्पको धक्का

मङ्लबार, चैत्र २६, २०७५ | ११:००:४४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सुदूरपश्चिममा भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो ।

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

प्रतिकृया