राप्रपाका एक्ला सांसद लिङ्देनलाई ज्यान मार्ने धम्की, फिरौती माग्ने समातिए

मङ्लबार, चैत्र २६, २०७५ | ०५:०९:३३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । झापा–३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपाका एक्ला सांसद लिङ्देनलाई केही दिनअघि फोन गरेर एक अपरिचित व्यक्तिले पैसा मागेका थिए ।

यसरी सांसदलाई ५० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिने झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु राजधानीको नयाँ बसपार्कबाट पक्राउ परेका हुन् । राप्रपाका महामन्त्री समेत रहेका सांसद लिङ्देनले आफूलाई धम्की आएको भन्दै चैत सोमबार ट्वीट गरेका थिए । प्रहरीले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया