उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन

बुधबार, चैत्र २७, २०७५ | १२:३६:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

मोरङ । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलबार राति भारतको चेन्नईमा ६७ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ । उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका हुन् । २ दर्जन बढी उद्योगको नेतृत्व गरेका उनको नेपालमा औद्योगिक क्षेत्रमा ठूलो लगानी थियो ।

उनका हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्ता पाता लगायतका ठूलो लगानीमा उद्योग संचालित छन् । विराटनगरमा लामो समय बसेका गोल्छा पछिल्लो समय काठमाण्डौको शंखमुलमा बस्दै आएका थिए ।

गम्भीर बिरामी भएका गोल्छाको ‘किड्नी ट्रान्सप्लान्ट’ गरेको दुई सातापछि निधन भएको हो ।उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए ।

उनको शव बुधबार नै काठमाण्डौ ल्याई पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया