गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद सहित तीनजनाको मृत्यु

बिहिबार, चैत्र २८, २०७५ | ०४:४०:०९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

गुल्मी । मुसिकोट नगरपालिकामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीनजना पुगेको छ ।

दुर्घटनामा घाइते भएकी मालिका गाउँपालिका २ दर्लिङ्ग निवासी ३६ वर्षीय कौशिला थापाको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा धुर्कोट गाउँपालिका ५ निवासी नेपाली कांग्रेसका पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि ६५ वर्षीय रुद्रमणी शर्मा भण्डारीसहित मालिका गाउँपालिका गाउँपालिका १ का ८ वर्षीय वस्कर विश्वकर्माको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मालिका गाउँपालिका अन्तर्गत दर्लिङ्गबाट बिहीबार बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान ९ बजे मुसिकोट नगरपालिका–१ चैनडाँडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका सातजनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रतिकृया