विद्युतीय गाडीको कारखाना स्थापना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

बिहिबार, चैत्र २८, २०७५ | ०४:५५:२२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरे। बिहीबारबाट काठमाण्डौमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले देशलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरुलाई आग्रह गरे ।

उहाँले उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिबद्ध रहेको पनि बताए । ्उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिकृया