नियम मिचेर कर्मचारीलाई साढे ३ करोडभन्दा बढी भत्ता वितरण

शुक्रबार, चैत्र २९, २०७५ | ०९:५९:१५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । संघीय संसद सचिवालयले नियमविपरी कर्मचारीलाई प्रोत्साहन भत्ता बाँडेको पाइएको छ ।

सचिवालयले अर्थमन्त्रालयको सहमतिबिना ३ करोड ६९ लाख १७ हजार रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको खुलेको हो । अर्थमन्त्रालयले सचिवालयलाई २०७४ माघ ७ गतेसम्मको प्रोत्साहन भत्ता बाँड्न भनेपनि अर्थमन्त्रालयको निर्देशनभन्दा बाहिर गएर २०७५ असार मसान्तसम्मको प्रोत्साहन भत्ता बाँडेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । साथै महालेखाले त्यस्तो भत्ता असुल उपर गर्न पनि सुझाव दिएको छ ।

यस्तै निजामती कर्मचारी अस्पताल विकास समितिले पनि विशेषज्ञ चिकित्सक र कर्मचारीलाई दोहोरो भत्ता दिएको पाइएको छ । विभिन्न दरले प्रोत्साहन वापत यो बर्ष १४ करोड ६८ लाख ५८ हजार भुक्तानी गरेको छ ।

यो रकम भुक्तानी गर्दा औषधी खरिदतर्फको कर्मचारीलाई ८ करोड ५१ लख ४९ हजार आम्दानीमा दोहोरो लेखांकन गरेर १० प्रतिशत बढी भत्ता गणना गरेर १ करोड ४६ लाख ८६ हजार बढी प्रोत्साहन भत्ता भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले बताएका छन् । महालेखापरीक्षकले यस्तो रकम भुक्तानी गर्न भनेको छ ।

प्रतिकृया