सामाजिक सञ्जाल फेसबुकमा नेपालसहित विश्वभर समस्या

आइतवार, बैशाख १, २०७६ | ०४:५९:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरेपछि अवरुद्ध भएको खुलेको हो । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।

नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् ।

प्रतिकृया