के भने प्रधानमन्त्रीले नयाँ बर्षको सम्बोधनमा ?

आइतवार, बैशाख १, २०७६ | ०५:०६:०४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष सरकारले धेरै चुनौतीहरु चिर्न सफल भएको दावी गर्दै अव सरकारले गति लिने बताएका छन् ।

नयाँ वर्ष २०७६ को अवसरमा आज विहान सम्वोधन गर्दै उनले समृद्ध नेपाली, खुशी नेपालीको भावना अनुसार सरकार अघि बढ्ने बताए । सरकारी निवास बालुवाटारमा सबै मन्त्रीहरुलाई पनि संगै राखेर सम्वोधन गरेका प्रधानमन्त्रीले सरकारले गरेका कामहरु चर्चा गरेका थिए।

उनले प्रधानमन्त्री रोजगार कार्याक्रम, सामाजिक सुरक्षा कार्यक्रम, पानी जहाज कार्यालय स्थापना, खालौ बैक खाता अभियान लगायत कामको प्रशंशा गरेका थिए । प्रधानमन्त्री ओलीले सरकार जग्गा फिर्ता गर्ने अभियान अघि बढेको बताउँदै सबै फिर्ता गर्ने पनि बताए । नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिंदैछ ।

प्रतिकृया