लुक्ला जहाज दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

आइतवार, बैशाख १, २०७६ | ०५:०८:३३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ। अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो। दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

क्याप्टेन रोकायाको अवस्था गम्भीर छ। दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर। लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए।

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो।

प्रतिकृया