आज पनि एका बिहानै भूकम्प, केन्द्रबिन्दु बझाङ

सोमवार, बैशाख २, २०७६ | १०:०९:०० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

बाजुरा । बाजुरामा एका बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।

प्रतिकृया