बिस्केट जात्राः सातौं पटक जिब्रो छेड्दै बुद्धकृष्ण

सोमवार, बैशाख २, २०७६ | १०:१०:३५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्रामा सोमबार सिन्दुर खेल्ने र जिब्रो छेड्ने काम हुँदैछ ।

सिन्दुर खेल्दै ३२ जात्रा मनाएपछि सोमबार दिउँसो १ बजे बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेड्ने तयारी छ । उनले सातौँ पटक जिब्रो छेड्न लागेका हुन् । भक्तपुरको बोडेमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आइतबार बेलूकी ढालेपछि सोमबार जिब्रो छेड्ने चलन छ ।

गएको शुक्रबारदेखि भक्तपुर नगरपालिका भेलुखेलमा रहेको ल्यासिखेलमा तान्त्रिक विधीअनुसार उठाइएको लिङ्गो आइतबार पूजाअर्चना र दश कर्म विधान गरी ढालिएको थियो । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको थियो ।

यस्तै काठमाडौको टोखामा बिस्काः जात्रा अन्तर्गत अहिले स्थानीय पिगंद्यःलाई ताय्माः खलःले लावाको माला चढाएर मूल जात्राको तयारी हुँदैछ ।

प्रतिकृया