नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

मङ्लबार, बैशाख ३, २०७६ | १२:३०:१८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.) , सहायक पण्डित हुद्धा (स.प.हु।), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।

जसअनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विज्ञापनमा उल्लेख गरिएको छ । भर्नाका लागि विभिन्न केन्द्रहरु छनौट गरिएको छ । ईच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा गई १० रुपैयाँको टिकट टासी दरखास्त पेश गर्न सक्नेछन् ।

ईच्छुक उम्मेदवार बैशाख ३ गतेदेखि जेठ १ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।

प्रतिकृया