विश्वकप छनोटमा नेपाल विजयी, ओमनलाई एक सय ५० रनले हरायो

मङ्लबार, बैशाख ३, २०७६ | ०२:४४:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । यू–१९ विश्वकपको एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमनलाई एक सय ५० रनले पराजित गरेको छ।

दुई सय ३० रनको लक्ष्य पाएको ओमन ४४.१ ओभरमा सबै विकेट गुमाएर ७९ रनमै समेटियो । उसका लागि अमनप्रित सिंह सिरह र जील यगेस टन्नाले १३/१३ रन बनाए भने अरुले दोहोरो अंक पनि जोड्न सकेनन्। नेपालका बलरले कसिलो बलिङ गरे ।

पवन सर्राफले तीन, प्रतिश जिसी र सूर्य तामाङले दुईरदुई तथा कुशल मल्ल र किसनसिंह ऐरीले एकरएक विकेट लिए। यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ७५, प्रतिश जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए। ओमनका लागि मुजाहिर राजा, एसआर रविन्द्र, अजम अली र जेवाई टन्नाले दुई­रदुई विकेट लिए। आजको खेलमा नेपालका रोहितकुमार पौडेल प्लेयर अफ द म्याच भए।

नेपालले अर्को खेल बिहीबार कुवेतसँग खेल्ने छ। वर्षाका कारण एउटा खेल हारेको नेपाल विश्वकप यात्रा भने कठिन छ । अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालको ६ अंक छ भने यूएईको आठ अंक छ। नेपालले अबको अर्को खेल पनि जित्नु पर्ने छ भने यूएईले अर्को खेल हारेपछि मात्रै नेपाल विश्वकपका लागि छनोट हुनेछ । नत्र यूएई छनोट हुने निश्चित छ । वर्षाका कारण बीचमै खेल रोकिँदा यूएई बिजयी भएको थियो।

प्रतिकृया