आईसीसीको नयाँ वरीयताः नेपालले एक स्थान माथि उक्लियो

बुधबार, बैशाख ४, २०७६ | १०:३०:५९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी(ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ । आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ ।

नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।

प्रतिकृया