श्रीलंकामा चर्च र होटलमा बम विस्फोट, ८० जना घाइते

आइतवार, बैशाख ८, २०७६ | ११:२६:२० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ ।

‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । समाचार संस्था एपीएफका अनुसार दुई वटा चर्च र एउटा होटलमा बम बिस्फोट भएको पुष्टि भएको छ ।

विस्फोटमा ८० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बम बिस्फोटको थप जानकारी आउन बाँकी छ ।

प्रतिकृया