‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक

मङ्लबार, बैशाख १०, २०७६ | ०३:५३:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । प्रतिक्षित चलचित्र ‘विर विक्रम २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ ।

सार्वजनिक पोष्टरमा बुद्धि तामाङ ,बर्षा शिवकोटी, पल शाह र नाजिर हुसैन रहेका छन् । फिल्मको निर्देशन निर्देशक मिलन चाम्सले गरिएका हुन् । यो फिल्ममा रन्जिता सापकोटा सह – निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन् । नवराज उप्रेतीले छायांकन गरेको फिल्मको कथा प्रदिप भारदाजले लेखेका हुन्।birb7-768x388

फिल्ममा पल शाह,नाजिर हुसैन बुद्धि तामाङ ,बर्षा शिवकोटी, देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्म जेठ ३ देखि प्रदर्शनमा आउदैछ ।

प्रतिकृया