भारतको अरुणाचलमा शक्तिशाली भूकम्पको धक्का

बुधबार, बैशाख ११, २०७६ | ११:३०:५६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो । स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

प्रतिकृया